India-Pakistan-World-Cup-2015जनबोली/३ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले पाकिस्तानसामु ३०१ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानले अहिले जवाफी ब्याटिङ गरिरहेको   छ ।

अोपनर युनुस खान ६ रनमा आउट भएका छन् । ८ अोभरको खेल सकिँदा पाकिस्तानले १ विकेटको क्षतिमा ४४ रन बनाएको छ ।

यसअघि एडिलेडमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले बिराट कोहलीको शतकको मदतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०० रन बनायो ।

कोहलीले दोस्रो विकेटका लागि शिखर धवनसँग १२९ रनको साझेदारी गर भने तेस्रो विकेटका लागि सुरेश रैनासँग ११० रनको साझेदारी गरे ।

१२६ बलको सामना गरेका उनले आठ चौकाको मदतमा कोहलीले १०७ रन बनाए । रैना ७४ र धवन ७३ रनमा आउट भए । भारतका अन्य ब्याट्सम्यान भने चल्न सकेनन् । कप्तान महेन्द्रसिंह धोनी १८ रनमा आउट भए भने रोहित शर्माले १५ रन बनाए ।

पाकिस्तानका सोहिल खानले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५५ रन दिए ।

सम्बन्धित खबरहरु