सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको तातोपानी गाविसमा खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ ।
आइतबार राति तातोपानी गाविसको वडा नम्बर ३ की ६४ वर्षीय शान्तीमाया तामाङले खुकुरी प्रहार गर्दा स्थानीय ६० वर्षीय चर्कुली थामीको ज्यान गएको कोदारी चौकीका इन्चार्ज प्रहरी निरीक्षक केशव कुमार शाहले जानकारी दिए ।
घरायसी विवादलाई लिएर तामाङले खुकुरी प्रहार गर्दा घाइते थामीको बाह्रबिसे प्राथमिक स्वाथ्य केन्द्रमा सामान्य उपचारपछि काठमाण्डौ तर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तामाङलाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक शाहले बताए ।