लोकतन्त्रमा बहुमतको महत्व रहेको बताउँदै नेता पौडेलले बहुमतीय प्रणालीको आलोचना गर्नु लोकतन्त्रकै आलोचना भएको टिप्पणी गरे। उनले भने, ‘लोकतन्त्रमा बहुमत ग्राह्य हुन्छ (मेज्युरीटि मस्ट वि ग्रान्टेड), पूर्ण सहमति नभएको खण्डमा बहुमतका आधारमा अघि बढनु पनि जनमतकै कदर हुन्।’
पहिचानको कुरामात्रै उठाएर मुलुक र जनताको विकास सम्भव नरहेको बताउँदै नेता पौडेलले मुलुकको अवस्था धेरै वटा प्रदेशलाई धन्नसक्ने नरहेका कारण बढी ६ देखि ७ वटा प्रदेश उपयुक्त रहेको टिप्पणी गरे।
नेपाल शिक्षक संघ, पत्रकार, कानुन व्यवसायी, प्राध्यापक संघलगायतका बीच आयोजना भएको अन्तरक्रियामा नेबि संघका केन्द्रीय अध्यक्ष एवं सभासद रञ्जीतकुमार कर्ण, कांग्रेस केन्द्रीय सदस्य रामकुमार चौधरी, कल्याण गुरुङ्ग, सभासद सुरेन्द्रप्रसाद यादव लगायतकाहरुले समेत बोलेका थिए।