drugsजनबोली/३ फागुन, सिराहा । भारतीय सहर लौकाहाबाट लागूऔषध लिएर आइरहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। उदयपुर त्रियूगा-११ का गणेश चौधरीलाई ३ सय ५८ थान लागूऔषधसहित सीमावर्ती इनर्वा-८ बाट पक्राउ गरिएको लहानका डीएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए।
इनर्वास्थित बस पार्कमा चौधरीले बोकेको झोला चेकजाँच गर्दा झोलाबाट डायजिल्याब ८९ एम्पुल, लुपिजेसिक ८९ एम्पुल, फेनारगन ९१ एम्पुल, फोर्टविन ९० एम्पुल फेला परेको फुयालले बताए। चौधरीलाई लागूऔषध मुद्दामा कारबाही अगाडि बढाइएको उनले बताए।
तीन दिन अगाडि प्रहरीले लहान ४ का देव कुमार पण्डित र सोही ठाउँका बेचन मण्डललाई लागूऔषधसहित पक्राउ गरेको थियो। पण्डितको साथबाट प्रहरीले ५ बोतल कोरेक्स बरामद गरी कारबाही चलाएको छ।

सम्बन्धित खबरहरु