amitav-430x316एजेन्सी । चर्चित भारतीय अभिनेता अमिताभ बच्चनले विश्वकप क्रिकेटको भारत, पाकिस्तानबीचको क्रिकेटको लाइभ कमेन्ट्री गरेका छन् ।

जसलाई विश्वभरका मानिसले टेलिभिजन स्क्रिनमा हेरेका छन् । अमिताभले चर्चित क्रिकेटर कपिल देव, राहुल द्रविण तथा अरुण लालको साथमा कमेन्ट्री गरेका हुन् ।

कमेन्ट्री पछि ट्विट गर्दै अमिताभले भनेका छन् ‘ भारत –पाकिस्तानबीचको खेलको कमेन्ट्रीको काम सकियो, कपिल, राहुल, शोएब जस्ता महान खेलाडिको साथमा एक स्थानमा बस्न पाउनु सम्मानको कुरा हो ।मैले ३०० रनको भविष्यवाणी गरेको थिए जुन सहि भयो । ’

भारतीय जनता तथा विश्वभरका क्रिकेट समर्थकहरुले सामाजिक सञ्जालहरुमा अमिताभ बच्चनको क्रिकेट कमेन्ट्रीको तारिफ गरेका छन् ।

भारतीय फिल्म उद्योगमा अमिताभको कमेन्ट्री कौशलको निकै चर्चा भएको छ ।

कमेन्ट्री बक्सभा भएका अन्य कमेन्टेटरहरुले ‘ अमिताभले क्रिकेट बिशेषज्ञ जस्तै कमेन्ट्री गरेका छन् जसका कारण अन्य कमेन्टेटरहरुको जागीर धरापमा परेको  छ । ’ भन्दै टिप्पणी गरेका छन् ।

सम्बन्धित खबरहरु