birat-kohaliजनबोली/३ फागुन, काठमाडौं । विराट कोहलीले शानदार शतक बनाएपछि भारतले चिरप्रतिद्वन्दी पाकिस्तानलाई ७६ रनले हराएको छ।

अस्ट्रेलियामा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार दिउँसो भएको खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ७६ रनले हराएको छ । अस्ट्रेलियाको एडिलेडमा भएको यी दुई देशबीचको भिडन्तमा पुनः भारतले नै बाजी मारेको हो ।

बिराट कोहलीको सतकीय पारीको मद्धतमा भारतले बनाएको ३ सय रनको स्कोर पच्छयाएको पाकिस्तान ४७ ओभरमा अलआउट हुँदै २२४ मा समेटिएपछि भारतले जित निकालेको हो ।

यसअघि शतकसँगै विराट कोहली विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध शतक बनाउने पहिलो भारतीय क्रिकेटर बनेका छन्। विराटले एडिलेडमा भइरहेको खेलका क्रममा ११९ बलको सामना गर्दै सात चौकाको मद्दतले १०७ रन बनाएका हुन्। शतकीय पारी खेलेपछि कोहलीले मास्टर ब्लास्टर सचिन तेन्दुलरले विश्वकपमा पाकिस्तानविरुद्ध बनाएको सर्वाधिक रनको रेकर्ड पनि तोडेका छन्। तेन्दुल्करले पाकिस्तानविरुद्ध बनाएका ९९ रन नै विश्वकपमा कुनै पनि भारतीय पाकिस्तानविरुद्ध बनाएको सर्वाधिक रन थियो।

एडिलेड ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतका लागि रोहित शर्मा र शिखर धवन इनिङ्स सुरु गर्न आएका थिए। ३४ रनको साझेदारीपछि शर्मा १५ रनको व्यक्तिगत स्कोरमा आउट भए भने धवनले दोस्रो विकेटका लागि विराट कोहलीसँग १ सय २९ रनको साझेदारी गरे।
धवन ७३ रनको अवस्थामा रनआउट भए भने कोहलीले १ सय ७ रन बनाएका थिए। आक्रामक ब्याटिङ गरेको सुरेश रैनाले ७४ रन बनाए। कप्तान महेन्द्रसिंह धोनी १८ रन जोड्दै आउट भए।

सम्बन्धित खबरहरु