जनबोली/३ फागुन काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले आफूहरुले विगतमा गरेको सशस्त्रको लक्ष्य अझै पुरा भई नसकेको भन्दै त्यसका लागि पुनः एकपटक आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् ।
राजधानीमा आइतबार माओवादी निकटको दलित मुक्ति मोर्चाको भेलालाई उद्घाटन गर्दै बैद्यले विगतका आन्दोलनको उपलब्धीलाई रक्षा गर्दै पूर्ण रुपमा विजय प्राप्त गर्न पुनः एकपटक आन्दोलन गर्नुको विकल्प नभएकोमा जोड दिएका हुन ।
वर्तमान संविधानसभाले संविधान दिनै नसक्ने जीकिर गर्दै उनले सबै पक्षलाई सहभागी गराएर गोलमेच सम्मेलनमार्फत् सबै समस्याको निकास खोज्न सकिए त्यो दिगो समाधान हुने तर्क गरे ।