singha-darbarजनबोली/३ फागुन, कलैया । बाराको सदरमुकाम कलैयामा रहेका भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गतका सरकारी कार्यालय सार्ने उद्देश्यले सिमरामा सेवाकेन्द्र लैजान लागिएको भन्दै पाँच दिनदेखि सुरु भएको आन्दोलन आइतबार फिर्ता भएको छ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बेग्ला बेग्लै बिज्ञप्ति प्रकाशित गरी सेवाकेन्द्र स्थापनाको निर्णय स्थगित गरिएको जनाएपछि आन्दोलन फिर्ता भएको हो। जनतालाई सहज रुपमा नजिकबाट सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ सेवाकेन्द्र स्थपना गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत स्पष्ट पार्न खोजिएको छ।

जनतालाई नजिकबाट सेवा उपलब्ध गराउने सरकारको नीति अनुरुप नै कार्यालय स्थापना गरिएको भए तापनि बारा जिल्लाको कलैयामा उत्पन्न परिस्थितीलाई ध्यानमा राखि नेपाल सरकारले २०७१ असोज ३० गते सिमरामा मालपोत र नापी कार्यालय स्थपना गर्ने निर्णय फिर्ता लिएको ब्योहोरा जानकारी गराउदै मालपोत र नापीसंग सम्बन्धित कार्यहरु पुर्ववत रुपमा संचालन हुने, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शान्तराज सुवेदीले जारी गरेको विज्ञप्तिमा छ।

सम्बन्धित खबरहरु