इटहरी । प्रहरीले आफन्तलाई जानकारीनै नदिई बसको ठक्करले मृत्यु भएका एक युवकको शब जलाएको खुलेको छ । इटहरी प्रहरीले रिक्सामा हिडिरहेको बेला यात्रुबाहक बसको ठक्करबाट मारिएका ओखलढुंगा, वरुणेश्वरका भीमबहादुर कार्कीको शब जलाएको हो ।

माघ १६ गते बेलुका २०७४ नम्बरको रिक्सामा इटहरी चोकतर्फ आउँदै गरेका भीमबहादुरलाई विराटनगरबाट धरानतर्फ आउँदै गरेको मे १ ख १५३६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । उनी स्थानीय ओमप्रकाश रायको रिक्सा दैनिक सय रुपैयाँ भाडा तिरेर चलाउँथे ।

बसको ठक्करबाट घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारकोक्रममा मृत्यु भएको थियो । प्रहरीले आफन्तनै नखोजी ४ दिनपछि आफैंले शब जलाएको हो ।

प्रचलित कानुन अनुसार कुनै मृतकको परिचय नखुले ३५ दिनसम्म शब सुरक्षित राख्ने र सो अवधीमा समेत फेला नपरे जिल्ला प्रशासन कार्यालयको अनुमतीमा प्रहरीले स्थानीय प्रशासनको रोहबरमा शब जलाउन सक्ने प्रावधान छ। आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु