TU४ फागुन, काठमाडौं । सेमेस्टर सुरु भएको दोस्रो वर्षमै विश्वविद्यालयका केन्द्रीय विभागमा विद्यार्थी संख्या कम हुन थालेको छ । स्नातकोत्तर तहमा उत्तीर्ण प्रतिशत धेरै भए पनि भर्नाका लागि आउने विद्यार्थी घटेका हुन् ।

सेमेस्टर प्रणाली लागू हुनुअघि त्रिविका केन्द्रीय विभागमा भर्नाका लागि भीड हुने गरेको थियो । तर, अहिले अंग्रेजी माध्यममा परीक्षा दिनुपर्ने तथा नियमित कक्षामा हाजिर हुनुपर्ने बाध्यता रहेकोले विद्यार्थीको आकर्षण घटेको त्रिविका अधिकारीले बताएको नयाँ पत्रिकामा खबर छ । नियमित उपस्थित हुनसक्ने विद्यार्थी केन्द्रीय विभागमा पुग्ने र जागिर गरेर पढ्नेहरु त्रिविकै वाषिर्क प्रणाली भएका क्याम्पसमा भर्ना हुने पनि उनीहरुको अनुमान छ ।

मानविकी र शिक्षाशास्त्र संकायमा अघिल्लो वर्ष तोकिएको कोटा नै नपुग्ने भएको छ । व्यवस्थापन संकायमा प्रवेश परीक्षा दिन अघिल्लो वर्षभन्दा कम विद्यार्थीले आवेदन दिए पनि कोटा भने पुग्ने भएको छ ।

सम्बन्धित खबरहरु