महरा विफल भएपछि ल्यारक्यालको सपथ

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ४ फाल्गुण, २०७१

lharkyal lamaकाठमाडौ । एमाओवादीको आन्तरिक विवादबीच सभासद् ल्यारकेल लामाले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो कार्यकक्षमा लामालाई मध्यान्ह सपथ गराएका हुन् ।

विवादास्पद छविका लामाको मनोनयनबारे आन्तरिक विवाद चर्किएपछि एमाओवादी महासचिव कृष्णबहादुर महरासहितका नेताहरुले उनको सपथ ग्रहण रोक्ने प्रयास गरेका थिए ।

दलको सिफारिसमा सभासद् चयन भएर निर्वाचन आयोगको आधिकारिक प्रमाणपत्रसहित सम्बन्धित ब्यक्ति सपथ ग्रहणका लागि आएपछि अन्यथा गर्ने नमिल्ने अभ्यासका कारण लामालाई सपथ गराइएको सचिवालयका एक वरिष्ठ अधिकारीले बताए ।आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७