prachandaकाठमाडौं  । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले फागुन १६ गते एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनको शक्ति प्रदर्शनले मुलुकको राजनीतिलाई नयाँ मोडमा पुस्याउने बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा भेला भएका क्रान्तिकारी पत्रकारसँग प्रचण्डले भने ′हामीसँग अवसर र चुनौती दुवै छन्। फागुन १६ गते हामीले हाम्रो तागत प्रदर्शन गर्न सक्यौ भने मुलुकको राजनीति हामीले भने जस्तै गरी अगाडि जानेछ ।

राष्ट्रिय राजनीति हाम्रै नेतृत्वको वरीपरी आउनेछ।राष्ट्रिय सरकार बन्दा पनि पार्टी र आन्दोलनकारीको राम्रो उपस्थिति भएर जाने अवसर छ।′

प्रचण्डले आगामी दुई सातापछि नेपाली राजनीति ′नयाँ कोर्ष′मा पुग्ने भविष्यवाणी गरे । उनले राष्ट्रिय सरकारमा पनि सहभागी हुने रणनीतिका साथ एमाओवादी प्रस्तुत हुनसक्ने संकेत दिए ।

सुशील कोइराला वा अन्य कसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने भन्ने बारेमा भने एमाओवादी अझै प्रस्ट नभएको उनले बताए। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु