CPN_UML_officeजनबोली/४ फागुन, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य मनोनयन र कार्यबिधाजन बारे आज आवश्यक निणर्य लिने भएको छ । केन्द्रीय कार्यालय मदननगर बल्खुमा दिउसो बस्ने स्थायी कमिटिको बैठकमा कार्यबिभाजन सम्बन्धि महासचिव ईश्वर पोखरेलेको प्रस्ताव प्रस्तुत हुने सचिव प्रदिव ज्ञवालिले जानकारि दिए ।

नेताहरुको पार्टिभित्रको जिम्मेबारि तोक्न हिजो बसेको स्थायि कमिटिको बैठकमा पेस गर्न महासचिव पोखरेलले तयार पारेको कार्यबिभाजन प्रस्ताव एकलौटि भएको भन्दै माधवकुमार नेपाल पक्षले बिरोध जनाएको थियो ।

सचिवालयले तयार पारेको प्रस्ताव महासचिवले प्रस्तुत गर्ने बिधानमा भएको ब्यबस्थाविपरित सचिवालय बैठकनै नराखि एकलौटि तयार पारेको नेपाल पक्षको आरोप छ ।

महाधिवेशन सम्पन्न भएको ७ महिना बितिसक्दा पनि एमालले १२ वटा विभाग, मन्त्रालयसंग सम्बन्धित २४ वटा बिभाग प्रमुख, अञ्चलको हैसितयका १७ कमिटिका ईन्चार्ज तोक्न सकेको छैन ।

७५ जिल्ला र जिल्ला कमिटिस्तरका पाचँवटा पेसागत कमिटिका ईन्चार्ज गरि ८० केन्द्रीय सदस्यलाई जिल्ला ईन्चार्जको जिम्मेबारि तोक्ने जिम्मा केन्द्रीय कमिटिले स्थायि कमिटिलाई दिएको छ ।

- See more at: http://www.nepalsandesh.com/2015/02/16/122072#sthash.Vk9RqKw4.dpuf

सम्बन्धित खबरहरु