नेपाल बारमा विवाद

जनबोली/४ फागुन, काठमाडौं । नेपाल बारभित्र विवाद भएपछि न्याय परिषदको रिक्त सदस्य पद सिफारिसमा  ढिलाई भएको छ ।

परिषदका सदस्य उपेन्द्रकेशरी न्यौपानेलाई राजीनामा दिएपछि रिक्त पदमा नाम सिफारिस गर्न बसेको बारको केन्द्रीय समितिको बैठकमा विवाद भएnepal bar associationको हो ।

एमाले निकट प्रगतिशील व्यवसायीक कानुन व्यवसायी संगठनले परिषदका बहालवाला सदस्य खेमनारायण ढुंगानाको काममा असन्तोष राख्दै उनको राजिनामा मागेको छ ।

तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले एमाले निकट प्रगतिशील व्यवसायीक कानुन व्यवसायी संगठनले दिएको नामका आधारमा ढुंगाना परिषद सदस्यमा सिफारिस गरेको कान्तिपुर दैनिकले छापेको छ ।

सोही बेला नेपाल बारले आफ्नो तर्फबाट बरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेलाई सदस्यमा पठाएको थियो ।

ती दुवैको काममा असन्तुष्टी जनाउदै बारको केन्द्रिय समितिले पुस २३ मा प्रधानन्यायाधीशसमक्ष पत्र पठाएको थियो ।

त्यसलगत्तै न्यौपानेले राजिनामा दिएका थिए । ढुंगानालाई पनि संगठनले राजिनामा माग गरेको, तर उनले अस्वीकार गरेको संगठनका अध्यक्ष बरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठले आइतवार  बताए ।

‘एउटै पत्रका आधारमा एक जनाले राजिनामा दिनुभयो । त्यसपछि हाम्रो संगठनबाट प्रतिनिधित्व गरेका सदस्य (ढुंगाना)ले पनि राजिनामा दिनुपर्छ भनेर हामीले हालसालै भन्यौ’ श्रेष्ठले भने, ‘तर, उनले अस्विकार गरेका छन् ।’

स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले समेत पार्टी निकट संगठनले फिर्ता बोलाउन माग गरेकाले राजिनामा दिन ढुंगानालाई दबाब दिएका छन् ।

न्यायाधीशको नियुक्ति, बढुवा र अनुशासनको कारवाही गर्ने जिम्मेवारी रहेको परिषद न्यायालयमा सबैभन्दा प्रभावशाली निकाय हो ।

त्यसमा नेपाल बारको तर्फबाट न्यौपानेको ठाउमा रिक्त सदस्य पदमा भने पदाधिकारीबीच मतैक्य हुदा सिफारिस हुन ढिलाई भएको छ ।

आइतवार यसबारे निर्णय गर्न भनि बोलाईएको बैठक समेत विवाद हुने भएपछि अकस्मात रद्ध भएको थियो ।

बारका एक केन्द्रीय सदस्यका अनुसार कांग्रेस निकट लोकतान्त्रिक कानुन व्यवसायी संगठनबाट कसलाई प्रतिनिधित्व गरी पठाउने भन्ने विवाद बढेकाले बैठक हुन नसकेको हो ।

बरिष्ठ अधिवक्ता न्यौपाने लोकतान्त्रिक समूहबाट प्रतिनिधित्व गरेकाले रिक्त ठाउमा सोही समूहबाट नाम पठाउने तयारी गरेको छ ।

महासचिव सुनिल पोखरेलले नेतृत्व गरेको उक्त समूहमा कोषाध्यक्ष मोहन इङ्गनामसहित ९ जनाको समूह छ ।

सम्बन्धित खबरहरु