money४ फागुन, काठमाडौ । विशिष्ट ब्यक्ति र उच्च पदस्थ सरकारी अधिकारीले विदेश भ्रमणमा मात्रै राज्यको ढुकुटीबाट साढे तीन करोड रुपैयाँ खर्च गरेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विदेश भ्रमणको नाममा सो परिमाणको रकम खर्च गरिएको राजधानी दैनिकमा खबर छ ।

अर्थ मन्त्रालय बजेट महाशाखाको तथ्याङअनुसार आधा वर्षको अवधिमा भएको कुल खर्चमध्ये विशिष्ट ब्यक्तिहरुले राज्य कोषबाट एक करोड २ लाख ९ हजार गरेका हुन् । त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी सम्मिलित प्रतिनिधि मण्डलले सो अवधिमा २ करोड ४० लाख रुपैयाँ खर्च गरको पाइएको छ ।

विशिष्ट ब्यक्तितर्फ प्रधानमन्त्री, प्रधानन्यायाधीस, सभामुख, उपप्रधानमन्त्री, उपसभामुख, विपक्षी दलका नेता लगायतका पर्दछन् । त्यसबाहेक सरकारी ढुकटीबाट विदेश भ्रमण गर्नेहरुमा उच्च पदस्थ सरकारी अधिकारी र प्रतिनिधि मण्डलका सदस्यहरु पर्दछन् ।

अर्थमन्त्रालयका सहसचिव एवम् बजेट महाशाखा प्रमुख बैकुण्ठ अर्यालले विद्यमान ब्यवस्था अनुसार नै विदेश भ्रमणको खर्च गरिने गरेको बताए । कानूनी ब्यवस्था अनुसार मन्त्रीपरिषदबाट स्वीकृत भई आएपश्चात विशिष्ट ब्यक्ति तथा प्रतिनिधि मण्डलका लागि आवश्यक पर्ने खर्च अर्थ मन्त्रालयले उपलब्ध गराउने गर्दछ ।

सम्बन्धित खबरहरु