islamic sateजनबोली/४ फागुन, काठमाडौं ।  लीबियाबाट अपहरणमा परेका २१ इजिप्सियनलाई इस्लामिक स्टेट विद्रोहीहरुले शीर छेदन गरी विभत्स हत्या गरेका छन् ।

हत्या गरिएकाहरु सबै ईसाई नागरिक हुन् । उनीहरुलाई लीबियाको तटीय शहर सिर्तेबाट गत डिसेम्बर र जनवरी महिनामा अपहरण गरिएको थियो । सिर्ते सहर आईएस विद्रोहीको कब्जामा छ ।

टाउको काटेर हत्या गरेको दृष्य लीवियाको जेहादि समुहले इन्टरनेटमार्फत् सार्बजनिक गरेको थियो ।

७ दिन राष्ट्रिय शोक

यसअघि इजिप्टले आफ्ना सबै नागरिकहरुलाई विद्रोहीको कब्जाबाट बाहिर निकाल्ने घोषणा गरेको थियो । तर हत्याको भिडियो सार्बजनिक भएपछि इजिप्ट शोकमा डुबेको छ ।
आफ्ना नागरिकको हत्यापछि इजिप्टले ७ दिन राष्ट्रिय शोक घोषणा गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति अब्दुल फतह अल सीसीले हत्याको बदला लिने चेतावनी दिएका छन् ।
इजिप्टले आफ्ना नागरिकहरुलाई लीबिया जान रोक लगाएको छ । तर, पनि कामको खोजिमा लीबिया जाने क्रम रोकिएको छैन ।

नाइजेरियामा आत्मघाति विष्फोट, ७ को मृत्यु
यसैबीच नाइजेरियाको पूर्वोत्तर शहर योबेमा आत्मघाति बम बिष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।

भिडभाड रहेको बस स्टेशनमा एक महिलाले आफ्नो शरिरमा रहेको बम विष्फोट गराएकी थिइन् । विष्फोट गराउने समूहको पहिचान नभए पनि नाइजेरियामा बोको हराम समूह सक्रिय छ । बोको हरामको प्रभाव बढ्दै गएपछि गत शनिबार तय भएको आम चुनाव पनि स्थगित गरिएको थियो ।

सम्बन्धित खबरहरु