boidy guard४ फागुन, काठमाडौं । विशिष्ट व्यक्तिहरुमाथि सुरक्षा खतरा बढ्दै जान थालेपछि सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ । अहिलेसम्म मुलुकमा विशिष्ट व्यक्तिको सुरक्षाका लागि छुट्टै कानुनी व्यवस्था नभएका कारण सरकारले कार्यकारी प्रबन्धबाट सुरक्षा व्यवस्था गर्दै आएको थियो ।

गृह मन्त्रालयले तयार पारी संसद्मा पेस गरेको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७१ मा विशिष्ट व्यक्ति उपर रहेको सुरक्षा चुनौतीको आधारमा सुरक्षा प्रबन्ध हुने गरी विशिष्ट व्यक्तिको सुरक्षालाई व्यवस्थित, समयानुकूल, प्रभावकारी एवं पारदर्शी बनाउन उक्त विधेयक ल्याइएको मन्त्रालयले जनाएको नेपाल समाचारपत्रमा खबर छ ।

कसैले हतियार लिई वा नलिई विशिष्ट व्यक्तिको जीउ, ज्यान वा सम्पत्तिमा हानिनोक्सानी पुर्‍याउन खोजेको लागेमा सुरक्षामा खटिएको सुरक्षाकर्मीले आफूसँग रहेको हतियार प्रयोग नगरी जोगाउन सकिँदैन भन्ने लागेमा त्यस्तो व्यक्ति वा अन्य कसैलाई घाउचोट लागेमा वा अंगभंग भएमा वा त्यस्तो व्यक्तिको ज्यान गएमा सुरक्षाकर्मीलाई कुनै कसुर गरेको नठहरिने विधेयकमा व्यवस्था गरिएको छ ।

आवश्यक परे परिवारलाई पनि सुरक्षा

विशिष्ट व्यक्तिका परिवार सदस्यलाई पनि आवश्यक परे सुरक्षा व्यवस्था हुनेछ । विशिष्ट व्यक्तिका पति, पत्नि, छोराछोरी, आमा, बाबु र परिवारका अन्य सदस्यलाई सुरक्षा खतरा रहेको भन्ने सुरक्षा समितिलाई लागेमा सुरक्षा खतराको विश्लेषण गरी सुरक्षा प्रदान गर्न सक्ने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु