लिओनल मेस्सीको ह्याट्रिक मद्दतमा बार्सिलोनाको जित

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ४ फाल्गुण, २०७१

23rd hattrick Messiजनबोली/४ फागुन, काठमाडौं । स्पेनिस ला लिगा अन्र्तगत आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ५–० ले पराजित गरेको छ ।

लिओनल मेस्सीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले जित निकालेको हो । स्पेनिस ला लिगामा आफ्नो तीन सयौं खेलमा मेस्सीले २३ औं ह्याट्रिक गरेका हुन् ।

यो सँगै ला लिगामा मेस्सी र रोनाल्डोको समान २३ ह्याट्रिक भएको छ । आइतबाररातिको जितपछि बार्सिलोना लिग लिडर रियल मड्रिड भन्दा १ अंकले पछि रहेको छ ।

घरेलु मैदाना क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाका लागि मेस्सीले खेलको ३८ औं, ५९ औं र ६५ औ मिनेटमा गोल गरे भने नेयमारले १७ औं, र लुईस स्वारेजले ७३ औ मिनेटमा एक एक गोल गरे ।

रियल मड्रिडको २३ खेलबाट ५७ अंक छ भने बार्सिलोनाको समान खेलबाट ५६ अंक रहेको छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७