जनबोली/४ फागुन, रामेछाप । रामेछापको दुरागाउँ-८ सिंगेडाडाँमा गोठमा आगो लाग्दा जलेर एक बालकको मृत्यु भएको छ ।
आगोमा जलेर विष्णु भण्डारीको २ वर्षका छोरा विकासको जलेर मृत्यु भएको हो । लक्ष्मीदेवी गुरुङको घरमा संरक्षकको रुपमा विष्णु भण्डारी परिवारसहित बस्दै आएका थिए ।
राति खाना खाएर गोठमै सुतेकोबेला आगो सल्किएको थियो । खाना पकाइसकेर आगो ननिभाइ सुतेकोले आगो सल्किएको अनुमान छ ।
अरु क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । क्षतिको विवरण संकलनको लागि प्रहरी नायव निरीक्षक अमर भण्डारी नेतृत्वको टोली आज विहान घटनास्थल पुगेको छ ।