जनबोली/४ फागुन, चितवन। चितवन राष्ट्रिय निकुन्जमा रत्ननगरको सौराहामा भाले हात्तीको आक्रमणबाट पोथी हात्तीको मृत्यु भएको हो । चरिरहेको पोथि हात्ती र माहुतेलाई मत्ता हात्तीले एकसाथ आक्रमण गरेको थियो ।
आक्रमणबाट पोथी हात्तीको मृत्यु भएको र माहुते गोरीराम महतो घाइते भएको चितवन वाइल्डलाइफ क्याम्पका सन्चालक भरत बस्नेतले जानकारी दिए । महतोको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।
यसैगरी चितवनको मेघौलीस्थित सदाबहार सामुदायिक बनमा दाउरा खोज्न गएकोबेला गैंडाले आक्रमण गर्दा स्थानीय ३५ वर्षकी फुलमायाँ महतो घाइते भएकी छन् । फुलमायाँको पनि भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।