भक्तपुरको कपास कारखानामा आगलागी, ४० लाखको क्षति

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ४ फाल्गुण, २०७१

aaglagiजनबोली/४ फागुन, भक्तपुर। भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा कपास कारखानामा आज विहान आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति भएको   छ ।

नरेफाँटस्थित बलराम उप्रेतीको कटन उद्योगमा विहान ३ बजेतिर आगलागी भएको हो । प्रहरी, सेना र स्थानीयको सहयोगमा विहान पौने ७ बजे तिर पूर्णरुपमा आगो निभाइएको ठिमीका प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिए ।

काम गर्ने क्रममा मेसिन पड्कीएर आगलागी भएको थियो । कपास र मेसिन जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बलराम उप्रेतिले मदन केसीको जग्गा भडामा लिएर कटन उद्योग सन्चालन गर्दै आएका थिए ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७