Mahotariजनबोली/४ फागुन, महोत्तरी । महोत्तरीको जलेश्वरमा रेस्टुरेन्ट सञ्चालन गरी अश्लील क्रियाकलाप गराउने गरेको आरोपमा प्रहरीले अाइतबार राति रेस्टुरेन्ट सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक भारत विहारको सुरसण्ड विरख घर भई हाल जलेश्वर–४ मा बस्दै आएका राजीवरञ्जन कुमार, निजका पत्नी अनिता चौधरी र रेस्टुरेन्टमा काम गर्ने तीनजना युवती रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका राजीव रञ्जन र निजका पत्नी अनिताले जलेश्वर–४ मा रेस्टुरेन्ट सञ्चालन गरी त्यसमा केटीहरु राखेर ग्राहकसँग अश्लील क्रियाकलाप गराई समाजमा नकारात्मक प्रभाव पारेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए

जलेश्वरका घना बस्तीबीच रेस्टुरेन्ट खोली अश्लील क्रियाकलाप गराउँदै गरेका अवस्थामा प्रहरीले पक्राउ गरेका पाँचै जनामाथि सार्वजनिक मुद्दा चलाउने बताएको छ ।

गाँजासहित एक युवक पक्राउ

यसैबीच लागुऔषध गाँजासहित प्रहरीेले गएराति सिरहाको धनगढीबाट एकजनालाई पक्राउ गरेको छ ।

गाँजासहित सिराहाको मौवाही गाविस–६ निवासी ४८ वर्षीय रामचन्द्र रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिए । सिरहाको धनगढी गाविस–२ स्थित श्यामपुर गाउँमा शङ्कास्पद अवस्थामा फेला परेका रायको शरीर तलासी गर्दा उनको साथबाट ५०० ग्राम गाँजा बरामद भएको प्रहरी उपरीक्षक साहले बताए ।

सम्बन्धित खबरहरु