Ukhuजनबोली/४ फागुन, पर्सा ।वीरगन्जको घन्टाघर चोकमा पर्साका किसानले उखु जलाई विरोध प्रदर्शन सुरु गरेका छन् ।

उखु कृषक सङ्र्घष समिति पर्साको आयोजनामा किसानले उत्पादन गरिएको उखु खेतमै सुक्न लागेपछि सोको व्यवस्थापनमा राज्यले कुनै चासो नदेखाएको विरोधमा उखुमा आगो लगाई विरोध जनाएका हुन् ।

बारा, पर्सामा लगाइएको सयौँ बिगाहा उखु चिनीमिलले खरिद गरे पनि खेतमै सुक्न थालेको विरोध गर्दै किसान आन्दोलित भएको उखु कृषक सङ्र्घष समिति पर्साका अध्यक्ष सहरूम राउत गद्दीले बताए ।

उनले सङ्घर्ष समितिले कृषकले उत्पादन गरेको उखु बिक्री वितरणको प्रवद्र्धन गर, वीरगन्ज चिनी मिल कारखाना सञ्चालन गर र कृषकको हकहित कायम गर्ने तीन सूत्रीय माग राज्यसमक्ष राखे पनि कुनै सुनुवाइ नभएपछि किसानले बध्य भएर आफैंले उत्पादन गरेको उखुमा आगो लगाउन बाध्य भएको बताए ।

सम्बन्धित खबरहरु