prakash manजनबोली/४ फागुन, काठमाडौं । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सडकबाटै संबिधान जारी गर्ने विपक्षीको उद्घोष अलोकतान्त्रिक वक्तब्यवाजी भएको टिप्पणी गरेका छन् ।

सोमबार बिहान आफ्नै निबास चाक्सीबारीमा संचारकर्मीसंगको भेटमा उनले वार्ता र सहमति छाडेर सडकमा जानुको कुनै औचित्य नभएको भन्दै गैह् जिम्मेवार अभिव्यक्ति नदिन विपक्षीलाई सुझाव समेत दिए ।

कुनै बेला आफैले ल्याएको दाबी गर्ने संविधानसभा छाडेर सडकमा जानु  एकीकृत माओवादीको असहज कदम भएको मन्त्री सिंहको भनाई छ ।

सिंहले सहमतिको माला जप्दा जप्तै बर्षौ बितिसकेकाले अब प्रक्रियामा गएर संविधान जारी गर्नुपर्ने बताए ।

फरक प्रसंगमा मन्त्री सिंहले स्विस बैकमा नेपालीको सम्पत्ति भएको सम्वन्धका सरकारले आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान थाल्ने जानकारी दिए ।

सम्बन्धित खबरहरु