Vint Cerfविन्ट सर्फलाई इन्टरनेटका पिता पनि भनिन्छ । विश्वको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलका वर्तमान उपाध्यक्ष समेत रहेका सर्फ उनै व्यक्ति मध्ये एक हुन् जसको योगदानकै कारण आज हामीहरुले इन्टरनेटको प्रयोग गर्न पाएका छौँ । तर यिनै इन्टरनेटका जनक सर्फलाई आजकल एउटा चिन्ताले सताइरहेको छ ।

चिन्ता यो हो की जुन तस्वीर वा दस्तावेज तपाइँ हामीले कम्प्युटरमा ‘सेभ’ गरिरहेका छौँ, त्यो कुनै दिन काम नलाग्ने बन्नसक्छ ।

किनकी हामीहरुले डिजिटल डाटा सुरक्षित गरिरहेका हुन्छौँ । तर, ती डाटाहरुलाई समयसँगै आएको नयाँ प्रविधिमा ढालेर पुनः संरक्षित गर्ने कुरामा हाम्रो ध्यान गैरहेको हुँदैन ।

जुन फम्र्याटमा तस्वीर वा कुनै डाटालाई हामीले सेभ गर्छौँ, हुनसक्छ त्यो भविष्यमा काम नलाग्ने बनोस् । तथापि यो भयानक अवस्थालाई आउन नदिने उपाय पनि विन्ट सर्फले बताएका छन् ।

गुगलका उपाध्यक्ष समेत रहेका सर्फका अनुसार कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तिब्र रुपमा पूरानो भैरहेको छ र त्यसको साटो नयाँ-नयाँ सफ्टवेयर तथा हार्डवेयर भित्रिने क्रम जारी छ ।

यस अवस्थामा हामीले पुरानो सफ्टवेयर वा हार्डवेयरमा संरक्षित गरेको डाटाको अस्तित्वमाथि नै संकट मडारिइरहेको छ । हामीले आफ्नो डाटा कम्प्युटरमा सुरक्षित छ भनेर ढुक्क भैरहन्छौँ तर लामो समयको अन्तरालमा आफुले पहिले सेभ गरेका डाटाहरु खोल्न खोज्दा ‘एक्सपायर्ड’ भैसकेका हुनसक्छन् ।

सर्फ भन्छन्, ‘खासमा मलाई यो कुराको निकै चिन्ता छ र पहिले देखिनै हामीले यो कुरा अनुभव गर्दै आएका पनि छौँ । पुरानो फम्र्याट तथा पि्रजेन्टेसनमा हामीले जो डकुमेन्ट तयार गरेका हुन्छौँ हुनसक्छ त्यो डकुमेन्ट उक्त सफ्टवेयरको नयाँ भर्सनमा नखुल्न सक्छ । किनकी कुनै सफ्टवेयर पूरानो फम्र्याट अनुसार छ वा पूरानो सफ्टवेयरलाई सपोर्ट गर्छ भन्ने कुराको ग्यारेन्टी दिएको हुँदैन ।’

सर्फका अनुसार हामी अहिले ‘अँध्यारो डिजिटल युग’ तर्फ अघि बढिरहेका छौँ । भविष्यका पुस्ताहरुसँग २१ औँ सताब्दीको विषयमा निकै कम वा कुनैपनि जानकारी नभएको अवस्था आउनसक्ने उनको शंका छ ।

डिजिटल युगको यो अँध्यारो पाटो इतिहासको लागि समेत खतरा बनिरहेको छ ।

यसको समाधानका सूत्रहरु पहिल्याउँदै सर्फले आफ्ना डिजिटल सामाग्रीसँगै उक्त सामाग्री सपोर्ट गर्ने अपरेटिङ सिस्टमलाई समेत सुरक्षित गर्न सल्लाह दिएका छन् । यसो गर्दा आफ्नो अतितलाई भविष्यमा फेरि साकार बनाउन सकिने उनको भनाइ छ ।

- बीबीसी

सम्बन्धित खबरहरु