upendra_yadavजनबोली/४ फागुन, काठमाडौं ।मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताका लागि सरकारले वातावरण नबनाएको बताएका छन् ।

संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपनि दलहरुबीच सम्वाद सुरु हुन सकेको छैन । दलहरुबीच कहिलेबाट सम्वाद सुरु हुन्छ भन्ने प्रश्नमा यादवले नयाँ वार्ता के का लागि ? भनी प्रतिप्रश्न गरे ।

यादवले विगतमा भएका सहमतिहरु कार्यान्वयनको प्रतिवद्धता आएपछि मात्र वार्ता हुने बताए । उनले भने-‘जबसम्म विगतमा भएका सहमति कार्यान्वयनको प्रतिवद्धता आउँदैन । त्यसबेलासम्म नयाँ वार्ता के का लागि ?’

सरकारले वार्ताको वातावरण नबनाए आन्दोलनबाटै छिनोफानोगर्ने यादवले बताएका छन् ।

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले वार्ताका लागि १२ बुँदे सहमझदारी र आदिवासी जनजाति, मधेसी लगायतसँग भएको सहमति अनुसार नै सहमतिबाट संविधान बनाउने प्रतिवद्धता जनाउनु पर्ने सर्त राखेको छ ।

सम्बन्धित खबरहरु