ireland vs west indiesजनबोली/४ फागुन, काठमाडौं । टेष्ट नेसन वेष्ट इण्डिजलाई पराजित गर्दै एशोसिएट नेशन आयरल्याण्डले विश्वकप क्रिकेटमा सुखद सुरुवात गरेको छ ।

सोमबार भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डले वेष्टइण्डिजमाथि ४ विकेटको जित हात पारेको हो ।

वेष्टइण्जिले प्रस्तुत गरेको ३०५ रनको लक्ष्य आयरल्याण्डले ४५.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

आयरल्याण्डले निकै राम्रो सुरुवात गर्‍यो । क्रिस गेलले पहिलो विकेट (विलियम पोर्टेफिल्डलाई २३) लिँदा आरल्याण्डले ७१ रन बनाएको थियो । दोस्रो विकेटका लागि पल स्टर्लिङ र एड जोइसले १०६ रनको साझेदारी गरे ।

स्टर्लिङले ८४ बलमा ९ चौका र ३ छक्काको मदतमा ९२ रन बनाए । तेस्रो विकेटका लागि नाइल ओब्रायनसँग ९६ रनको साझेदारी गरेका जोइस ८४ रनमा आउट भए । ६७ बलको सामना गरेका उनले १० चौका र २ छक्का हाने ।

जोइस आउट भएपछि भने आइयरल्याण्डले लगातार विकेट गुमायो । १७ रन जोड्दा थप दुई विकेट गुमायो । तर,  क्रिजमा टिकिरहेका ओब्रायनले ४६ अोभरको ५ अाैं बलमा चाैका हान्दै आयरल्याण्डलाई जित दिलाए । उनले अविजित ७९ रन बनाए । ६० बलको सामना गरेका उनले ११ चौका हाने ।

यसअघि पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले लेन्डल साइमनको शतकको मदतमा ५० ओभरमा ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो ।

वेष्टइण्डिजको सुरुवात भने निकै खराव थियो । ८७ रन जोड्दा ५ विकेट गुमाइसकेको वेष्टइण्डिजको पारी सिमोन्स र डरेन सामीले सम्हाले ।

सिमोन्स र सामीले छैटौं विकेटका लागि १५४ रनको साझेदारी गरे । सिमान्सले १०२ रन बनाए भने सामीले ८९ रन जोडे । क्रिस गेलले ३६ रन बनाए ।

आरयल्याण्डका जर्ज डकरेलले १० ओभरमा ५० रन दिएर ३ विकेट लिए ।

सम्बन्धित खबरहरु