India's Yuvraj Singh celebrates taking the wicket of The Netherlands' Wesley Baressi during their ICC Cricket World Cup group B match in New Delhiकाठमाडौं । आगामी अप्रिल ८ बाट सुरु हुने इण्डियन प्रिमियर लिग (आइपीएल) का लागि खेलाडी अनुबन्ध गरिएको छ ।

२०१५ को आइपीएलका लागि युवराज सिंहलाई दिल्ली डेयरडेभिल्सले सबैभन्दा बढी १६ करोड भारतीय रुपैयामा किनेको छ ।

नयाँ सिजनका लागि बैंगलोरमा भएको खेलाडी लिलामी कार्यक्रममा यो विश्वकपमा भारतीय टिममा समेत पर्न नसकेका सिंहलाई दिल्लीले सबैभन्दा बढी मुल्यमा किनेको हो ।

दिल्लीले एन्जेलो म्याथ्युजलाई साढे सात करोड भारतीय रुपैयाँमा खरिद गरेको छ भने रोयल च्यालेन्जर्स बैंगलोरले अर्का क्रिकेटर दिनेश कार्तिकलाई १० करोड ५० लाखमा किनेको छ । बैगलोरले एस बद्रीनाथका लागि ३० लाख तिरेको छ ।

दिल्लीले अमित मिश्रालाई साढे तीन करोड, मुम्बई इन्डियन्सले आरोन फिन्चलाई ३ करोड २० लाख र चेन्नई सुपर किङसले माइकल हसीलाई डेढ करोड भारतीय रुपैया तिरेको छ ।

अर्का भारतीय क्रिकेटर मुरली विजय भने किङस इलावेन पञ्जावमा तीन करोड भारुमा जाने भएका छन् । केन विलियम्सनले ६० लाख भारुमा सनराइजर्स हैदराबादका लागि खेल्ने छन् ।

सन् २०१५ को आईपिएलका लागि लिलामीमा ७८ भारतीय र ४४ विदेशी सहित १२२ खेलाडीलाई राखिएको थियो । खेलाडी किनबेचका लागि आईपिएलका टिमले ६४ करोड रुपैयाँ सम्म खर्च गर्न पाउनेछन् ।

सम्बन्धित खबरहरु