tamakoshi४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजना प्रभावित जिल्लाबासी, ऋण लगानीकर्ता कम्पनीहरुका बचतकर्ता र कर्मचारीहरुको लागि शेयर बितरण गर्न जारी गरेको आब्हानपत्र खारेज गर्न माग गरिएको छ ।  माथिल्लो तामाकोशी आयोजना निर्माणसम्बन्धी जिल्ला समन्वय समितिलाई दोलखाका राजनीतिक दलहरुले आब्हान पत्र रद्द गर्न दबाब दिएका  हुन् ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लाका राजनीतिक दलका प्रतिनिधि पनि सदस्य रहेको समन्वय समितिमा सेयर बाँडफाँडसम्बन्धी आह्वान पत्र प्रकाशित गर्दा समन्वय समितिलाई जानकारी नगराएको भन्दै आपत्ति जनाईएको छ ।

आह्वान पत्र सार्वजनिक गर्दा हतार गरिनु रहस्यमय भएको जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा, राप्रपा नेपाल, सङ्घीय समाजवादी लगायतका दलका प्रतिनिधिहरुले बताएका छन्। आयोजनाले बिहीबार आह्वान पत्र जारी गरेपछि शेयर बांडफाँडको बिषयलाई लिएर बिबाद बढेको छ ।

दलका नेताहरुले  हरेक गाउँ बिकास समितिहरुमा नै शेयर आबेदन संकलन केन्द्र राखिनुपर्ने माग पनि गरेका छन् । त्यस्तै रकम नहुनेहरुका लागि सहकारी मार्फत ऋण लिएर शेयर हाल्ने प्रबन्ध मिलाउने काम टुंगिएपछि मात्र शेयर दरखास्त वितरण गरिनुपर्ने उनीहरुको भनाई छ ।

त्यस्तै अहिले आब्हान पत्रमा भनिए भन्दा फरक सबै जिल्लाबासीलाई दामासाहीले शेयर वितरण गरिनुपर्ने माग पनि उनीहरुको छ ।

सम्बन्धित खबरहरु