uppertamkoshi_intakeदोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनको सेयर हाल्न गरिबलाई ऋणको व्यवस्था गरिने भएको छ । आयोजनाले दोलखावासीलाई दिन लागेको सेयरको लागि ७ हजार रुपैयाँ पनि लगानी गर्न नसक्ने गरीबलाई ऋण सहुलियत दिने व्यवस्था गरिएको हो ।

पहिचान भएका गरिबका लागि आयोजनाको जमानीमा सेयर प्रमाणपत्र नै धितो राखेर ऋण दिन बैंकहरुलाई अनुरोध गर्ने जिल्लास्थित तामाकोसी सरोकार समितिको बैठकले निर्णय गरेको छ ।

यसअघि नै जिल्लास्थित सहकारीहरुले आफ्ना सदस्यहरुलाई आवश्यक पर्ने रकम लगानी गर्ने घोषणा गरिसकेका छन् ।

तर जिल्लास्थित वित्तिय र विकास बैंकहरुले भने आयोजनाको सेयर बजारमा गैनसकेको अवस्थामा ऋण लगानी अप्ठेरो हुने बताएका छन् । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु