badi pidit kanchanpurसुर्खेत । परिवार र आफ्नो पेट पाल्न सकस भएपछि एक बाढीपीडित युवकले आत्महत्या गरेका छन् ।

गएको वर्ष आएको बाढीले घर बगाएपछि जंगलबीचमा राखिएको गिरीघाट शिविरमा कष्टको जीवन बिताउँदै आएका २२ वर्षीया युवक जीवन गन्द्रमाले आत्महत्या गरेका हुन् ।

हरीहरपुर ५ मा रहेको उनको घर बाढी बगाएपछि उनी घरबारबिहीन भएर शिविरमा आएका थिए ।

बाढीलगत्तै उपलब्ध गराइएको आपतकालीन केही राहत सामग्रीबाहेक अहिलेसम्म यहाँका बाढी पीडितलाई सरकारले कुनै पनि सहायता उपलब्ध गराएको छैन । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु