daaijoरौतहट । रौतहटमा एक महिलालाई भनेजति दाइजो नल्याएको भन्दै उनका परिवारले कपाल काटेर घर निकाला गरेका छन् ।

विवाहमा कवुल गरेअनुसारको दाइजो नल्याएको भन्दै पति र परिवारका अन्य सदस्यले कपाल मुडेर यातना दिएको भन्दै मिठुअवा गाविस–७ की १९ वर्षीया प्रतिमा साह प्रहरीको शरणमा पुगेकी छन् ।

पति र सासु सुसुराले पटक पटक कुटपिट गरी दाइजो ल्याउन दबाब दिएको कुरा नमान्दा आफ्नो कपाल समेत मुडेर घरबाट निकालिएको साहले बताएकी छनन् ।

उनले बिहेको केहीमहिनाबाटै आफूलाई यातना दिने पति रामविश्वास साह, ससुरा दुखा साह र सासु पशुपतीया देवी साहविरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् ।

सम्बन्धित खबरहरु