Dalकाठमाडौ । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको संवादले राजनीतिक गतिरोध फुकाउने दिशामा सकारात्मक पहल गरेपनि सहमतिमै संविधानका अन्र्तबस्तु टुंग्याउन प्रमुख राजनीतिक दलका नेताहरु अझै वार्तामा बस्न सकेका छैनन् ।

एमाओवादी र मधेश केन्द्रित दलसहितको विपक्षी मोर्चाले वार्तामा आउन सत्तापक्षले सहमतिमै संविधान निर्माण गर्ने प्रतिबद्धतासहितको वक्तव्य आउनुपर्ने र संविधान निर्माणको जारी बहुमतिय प्रकृया स्थगन हुनुपर्ने माग राख्दै आएको थियो ।

ती दुवै माग पूरा भइसक्दा पनि वार्तामा नआउनुलाई सत्तापक्षले आशंकाको दृष्टिले हेरेको छ भने प्रतिपक्षले वार्ताका लागि थप प्रतिबद्धता आउनुपर्ने बताएको छ ।

विपक्षी मोर्चाको माग अनुसार प्रधानमन्त्री कोइरालाले पुस २५ गते बक्तव्य मार्फत् ′शान्तिप्रकृया र जनआन्दोलनका सहयात्रीसंगै मिलेर संविधान निर्माण प्रकृयामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अविलम्ब सार्थक वार्ता सुरु गरौ′ भन्ने सन्देशसहित वार्ताका लागि अपिल गरेका थिए ।

त्यसपछि एमाओवादी अध्यक्ष दाहालकै अनौपचारिक आग्रहमा सभाअध्यक्ष सुवास नेम्वाङले पुस २९ गते संविधानसभाको बैठक अनश्चितकालका लागि रोकेका छन् । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु