काठमाडौं । संघीयता र धर्मनिरपेक्षताबारे नेपालमा बहस भइरहेका बेला भारतीय जनता पार्टीका वरिष्ठ नेताहरूले हिन्दु राष्ट्र नेपालका पक्षमा र संघीयताविरुद्ध खुलेरै बोलेका छन् ।
महाशिवरात्रीमा पशुपति दर्शनका लागि आएको भारतको सत्तारूढ दलका राष्ट्रिय उपाध्यक्ष रेणुदेवी र अन्य प्रभावशाली नेताहरूको टोलीले राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा नेपालमा इसाइकरण बढेको भन्दै विरोधसमेत गरेको छ ।
भाजपाकी राष्ट्रिय उपाध्यक्ष रेणुदेवीले नेपाल पुनस् हिन्दु राष्ट्र हुने विश्वास व्यक्त गर्दै अंग्रेजले भारतलाई टुक्राटुक्रा पारेझैं नेपाललाई टुक्राटुक्रा नपार्न सुझाव दिइन् । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।