rameezपाकिस्तानका पूर्व कप्तान रमीज राजाले भारत र पाकिस्तान दुबैले विश्वकप क्रिकेटको उपाधि जित्न गाह्रो रहेको बताएका छन् ।

अष्ट्रेलिया र न्यूजिल्याण्ड उपाधिको प्रमुख दावेदार भएको उनले बताए । बीबीसीलाई दिएको अन्तरवार्तामा उनले भने-‘घरेलु टीमलाई फाइदा बढी हुन्छ । यद्यपि ठूलो प्रतियोगिताको हो । दक्षिण एसियाली टीम पनि उलटफेर गर्न सक्छन् ।’

उनले अघि भनेका छन्-‘मेरो बिचारमा अष्ट्रेलिया र न्यूजिल्याण्डका साथै दक्षिण अफ्रिका टीमलाई पनि यो पिचले मदत गर्छ ।’

इमरान खानको नेतृत्वमा पाकिस्तानले सन् १९९२ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा भएको विश्वकप जित्दा उनी पनि टीममा थिए ।

पाकिस्तानका पूर्व कप्तान रमीज भारतीय टीम बलियो रहेको तर, उपाधि नै जित्न भने सहज नभएको बताउँछन् ।

उनले भने-‘भारतीय टीमको सबैभन्दा बलियो पक्ष ब्याटिङ हो । तर, ब्याट्सम्यानहरुलाई थोरै आराम पनि दिन जरुरी छ । किनकी २८० बनाएर पनि टीममा त्यसलाई बचाउन तनाव देखिएको छ ।’

भारतले आइतबार आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ७६ रनले पराजित गरेको थियो । अर्को खेल २२ फेब्रुअरीमा दक्षिण अफ्रिकासँग छ ।

सम्बन्धित खबरहरु