अष्ट्रेलियन अलराउन्डर जेम्स फल्कनरले जारी विश्वकप क्रिकेटमा बंगलादेश बिरुद्धको खेल पनि गुमाउने भएका छन् ।
योसँग विश्वकप डेब्यूको सपना पुरा हुने वा नहुने भन्ने शंका उत्पन्न भएको छ । आयोजक अष्टे्रलियाले बिस्बेनको गाबा स्टेडियममा बंगलादेशसँग खल्नेछ ।
फल्कनर त्रिकोणात्मक सिरिज अन्तरगत इङग्ल्याड बिरुद्धको फाइनलमा घाइते भएका थिए ।
उनी आफैंले ब्याटिङ गर्न अफ्ठ्यारो महसुस गरेको बताएका छन् । उनले भने-म शनिबारको गेम खेल्न सक्दिन आशा छ छिट्टै टीममा फर्कन्छु ।’
२०१३ मा नेशनल टीममा डेब्यू गरेयता उनी टीमको महृत्वपुर्ण सदस्य बन्दै आएका छन् । उनले आफुलाई लो अर्डरको भरपर्दा ब्याट्सम्यान र राम्रा बलरको रुपमा स्थापित गरिसकेका छन् ।
फेब्रुअरी २८ मा न्यूजिल्याण्डबिरुद्धको खेलमा फर्कन सक्ने सम्भावना रहेको उनले बताएका छन् ।