मङ्गलबार सेना दिवस, टुँडिखेलमा विशेष समारोह

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ५ फाल्गुण, २०७१
जनबोली ५ फागुन, काठमाडौं । नेपालको प्रमुख सुरक्षा अङ्गको रूपमा रही गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनाले मङ्गलबार मुलुकभर ‘सेना दिवस’ मनाइँदैछ ।

sena divas 1
सेना दिवसको अवसरमा नेपाली सेनाले भोलि अपराह्न सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गर्दैछ ।
सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा आयोजना हुने उक्त विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । सोही क्रममा सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको नेपाली सेनाले जनाएको छ ।
जङ्गी अड्डा मातहत मुलुकका विभित्र भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायतका निकायमा समेत सेना दिवसका कार्यक्रम गरिनेछ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभित्र कालखण्डमा नेपाली सेनाले उदाहरणीय कीर्तिमानी काम गर्दै आएको छ ।
नेपाली सेनाकै वीरताका कारण विगतमा अङ्ग्रेजको दबदबा रहेको अवस्थामा समेत दक्षिण एसियामा  नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको थियो । वर्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूपको सुरुवात १८१९ सालबाट भएको र अहिले नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ ।
उक्त सुरक्षा सङ्गठनको प्रमुखमा प्रधानसेनापति गौरवशम्शेर जबरा छन् । यसैबीच, वर्तमान विश्व परिवेशमा विशिष्ट पहिचान कायम गरी नेपाली सेना विश्वका जुनसुकै मुलुकमा विदेशी सेनासँग मिलेर उदाहरणीय काम गर्न सक्छ भत्रे मान्यता स्थापना गर्न सफल भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता सन् १९५८ बाट सुरु भएकामा  त्यस कार्यमा  हालसम्म एक लाख ६ हजार ४१२ जनाबाट  योगदान भइसकेको छ ।
विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने क्रममा नेपाली सेनाका ६० ले वीरगति पाउनुका साथै ५९ जना गम्भीर घाइते भएका छन् ।  नेपाली सेनाका ४ हजार ३२२ फौज विश्वभरका १४ वटा संयुक्त राष्ट्रसङ्घीय मिसनमा शान्ति स्थापनार्थमा हाल परिचालित छन् ।
शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा हाल नेपाल छैटौँ स्थानमा रहेको छ । नेपाली सेना पछिल्लो समय छिमेकी राष्ट्रको सेनाको साथसाथै विश्वका अत्यन्त शक्तिशाली मुलुकका लागिसमेत पेशागत क्षमता र दक्षता अभिवृद्धिको केन्द्रसमेत बन्दै गएको छ ।
मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षाको साथसाथै विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा समेत प्रमुख सुरक्षा अङ्गको रूपमा नेपाली सेनाले महत्वपूर्ण काम गर्दै आएको छ ।
यसैबीच सेना दिवस २०७१ को उपलक्ष्यमा प्रधानसेनापति राणाले दिनुभएको सकल दर्जालाई दिनुभएको सन्देशमा नेपाली सेनाले सदैव राष्ट्र निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अखण्डताको पहरेदारी र जनताको सर्वपरि हितका लागि त्याग र बलिदान दिँदै आएको स्मरण गराउनुभएको छ ।
उहाँले भन्नुभएको छ, नेपाली सेनालाई आधुनिक समयसापेक्ष र सशक्त सङ्गठनको रूपमा विकास क्रम जारी छ । सेनाको व्यावसायिक दक्षतालाई अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको दसवर्षे दीर्घकालीन योजना मुताबिक यस वर्षसमेत अपेक्षित प्रगति भइरहेको छ ।
‘सङ्गठनलाई सुम्पिएको जिम्मेवारीअनुरूप  देश र जनताको हितका खातिरका अलावा संयुक्त राष्ट्रसङ्घीय शान्तिस्थापना कार्यमा समेत नेपाली सेना अहोरात्र खटिँदै आएको सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताए । रासस

सम्बन्धित खबरहरु