मौकामा चौका हान्न खोज्दा, प्रहरीको फन्दामा
जनबोली/५ फागुन, काठमाडौं । शिवरात्रीको मौकामा गाँजा बेच्ने व्यक्ति प्रहरीको फन्दा परेका छन् । शिवरात्रीको अवसरमा पवित्र पाशुपत क्षेत्रमा लागेको जात्रामा गाँजा बेच्दै गरेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
निजका साथबाट तीन वटा वाईवाई चाउचाउको बट्टामा विस्कुटको आकारमा बनाईएको गोटी, गाँजा, लगायत केही मात्रामा चरेस पनि बरामद गरेको हो ।
गुह्येश्वरी मन्दिर जानेबाटोको परिसरमा पर्ने चौरमा खुलेआम बिक्रि गरिरहेका दुई महिला प्रहरीको छड्केमा परेका थिए ।
शिवरात्रीको अवसरमा गाँजा, विष, भांग, धतुरोलाई शिवजीको विशेष प्रसादको रुप लिने गरिन्छ ।