जनबोली/५ फागुन, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिका लागि संविधानसभाका बैठक स्थगित गरिएपनि दलहरुबीच संवाद हुन नसक्नु दुःखद् भएको बताएका छन् ।
उनले चार दिन भइसक्दा समेत दलहरु वार्ता तथा संवादमा जुट्न नसकेकोमा उनले दुख व्यक्त गरे ।
सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभाध्यक्ष नेम्वाङले दुई घन्टामा सहमति जुटाउने दाबी गर्ने दलहरुले चार दिनको समय त्यतिकै गुजारेको भन्दै यस्तै अवस्था कायम रहेका संबैधानिक व्यवस्था अनुरुप अगाडी बढ्नुको बिकलप नभएको बताएका छन् ।
उनले दलहरुलाई जिम्मेवार भएर अघि बढ्न आग्रह गर्दे यदि त्यसो नभएमा संविधानबन्नेमै आन्योल हुने उनले दावी गरे ।