prachandaजनबोली/ ५ फागुन, पोखरा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनादेशको हठमा विगतमा भएको १२ बुदे सहमति र विस्तृत शान्ति सम्झौता लगायतका सहमति कुल्चिएर जाने अवस्था नभएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानसभाको गणित जेसुकै भएपनि विगतका सहमति र अन्तरिम संविधानको मर्मअनुसार नयाँ संविधान निर्माण हुनुपर्ने बताए ।

पार्टी निकट शिक्षकहरुको महाधिबेशनका लागि पोखरा आईपुगेका अध्यक्ष प्रचण्डले संविधानसभालाई नियमित संसदको ढाँचामा लगेर बहुमतकै आधारमा पेलेर जान्छौ भन्ने नसोच्न पनि उनले सत्तारुढ दलहरुलाई आग्रह गरे ।

एक अर्को प्रसंगमा उनले विवादास्पद छविका पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामालाई सभासद बनाएको विषयमा विवाद गर्नुको अर्थ नभएको उल्लेख गरे ।

आफूले पैसा लिएर सभासद बनाएको भन्ने हल्लाको खण्डन गर्दै उनले बौद्धिष्ट समुदायको विज्ञ व्यक्तिको रुपमा उनलाई सभासद बनाइएको उल्लेख गरे । लामालाई सभासद बनाएको विषयमा एमाओवादीभित्रै व्यापक विरोध भइरहेको छ ।

- See more at: http://www.nepalsandesh.com/2015/02/17/122206#sthash.99FdNFzt.dpuf

सम्बन्धित खबरहरु