sher-bd-deubaजनबोली/५ फागुन, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि संविधान निर्माणको प्रक्रिया नरोकिने बताएका छन् ।

संविधान निर्माणको काम छोडेर आन्दोलनमा जानुको कुनै अर्थ नहुने भन्दै उनले अब वार्ता र प्रक्रियालाई संगसँगै अघि बढाएर देशलाई संविधान दिने प्रतिबद्धता जनाए ।

कार्यकर्ता भेटघाटका लागि इलाम पुगेका देउवाले काँग्रेस समयमा नै संविधान निर्माण होस् भन्ने पक्षमा रहेको भन्दै प्रक्रियाका लागि बनाइएको प्रश्नावली समिति खारेजको सम्भावना नरहेको   बताए ।

सम्बन्धित खबरहरु