austreliyaजनबोली/५ फागुन, काठमाडौं । अस्ट्रेलियाको सिड्दीको उत्तरी क्षेत्रको समुद्रमा डुबेर एक नेपाली युवकको मृत्यु भएको छ ।

साथीहरुसँग पौडी खेल्न गएका मोरङ विराटनगरका लोमश पराजुलीको पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको हो ।

पानी डुबेको देखेपछि लाइफ गार्डहरुले उनलाई निकाले पनि बचाउँन सकेनन् । सिड्नीस्थित एनफिल्डमा बस्दै आएका उनी ७ वर्षअघि अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका थिए ।

घटनाका बारेमा परिवारलाई जानकारी गराइएको र उनको शव नेपाल पठाउने तयारी भइरहेको अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदुतावासले जनाएका छ ।

सम्बन्धित खबरहरु