bamedev-gautamजनबोली/५ फागुन, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेब गौतमले संवाद र छलफलबाटै जेठभित्र संविधान जारी हुने दाबी गरेका छन् ।

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री गौतमले विपक्षीसँग पनि सहमतिको प्रयास जारी रहेको भन्दै संवाद र छलफलबाटै संविधान जारी हुने बताए ।

गृहमन्त्री गौतमले देशमा शान्ति, प्रेम र सद्भावमा ब्रम्हाकुमारीको योगदानको चर्चा गर्दै महाशिवरात्रीको शुभकामना पनि दिए । उनले शान्ति र सम्वृद्धिको लागि संविधानको नै आवश्यकता पर्ने भएकाले त्यसतर्फ नै आफूहरु सक्रिय रहेको उल्लेख गरे ।

गौतमले सबै जातजाति, भाषाभाषी र धर्मको संरक्षण हुने गरी लोकतान्त्रिक संविधान जारी हुने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल धर्म शान्ति प्रतिष्ठानकी अध्यक्ष इन्दिरा मानन्धरले ‘मानव–मानवको कल्याण नै धर्म भएको भन्दै सबैलाई सद्भाव र सद्विचार लिन आग्रह गरिन् ।

सम्बन्धित खबरहरु