Renu-Deviजनबोली/५ फागुन, काठमाडौं । भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणु देवीले जातीय संघीयतामा गए नेपाल टुक्रा टुक्रामा विभाजित भई विनाश हुने चेतावनी दिएकी छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै भारत जातीय संघीयताको विपक्षमा रहदै आएको स्पष्ट पार्दै नेपालको एकता, शान्ति र विकासका लागि जातीय संघीयता हुनै नहुने बताएकी हुन् ।

नेपालको एकताका लागि भारत सधै सहयोगी बनिरहने देवीले बताइन् । विभिन्न बहानामा नेपालको अखण्डतामाथि प्रहार भइरहेकोतर्फ इंकित गर्दै त्यसतर्फ सबैलाई सचेत रहन आग्रह समेत गरिन् ।

संविधान निर्माणको क्रममा रहँदा नै भारतले विभाजन भोगेकाले नेपालका नेताहरूलाई सुझबुझका साथ संविधान बनाउनुपर्ने उनको भनाई छ । उनले नेपालको एकता, स्थिरता र विकासका लागि भारत सधै चिन्तित रहेकोले आवश्यक सहयोगका लागि तयार रहेको बताइन् ।

दुई पटक संविधानसभाको चुनाव भइसक्दा पनि संविधान बन्न नसक्नुले विकासमा अवरोध सृजना भएको उनले बताए । उनले नेपालमा समयमै संविधान जारी गर्न भारतले खेल्नुपर्ने भूमिकाबारे पनि आफूले सुझाव दिने उल्लेख गरिन् ।

सम्बन्धित खबरहरु