Sushil Koiralaजनबोली/६,फागुन, काठमाडौं । प्रम सुशील कोइरालाले शान्ति स्थायित्व र दिगो विकासको लागि कानुनी मार्गलाई अवलम्बन गर्नु पर्ने बताएका छन् ।

नेपाल विश्व सम्वन्ध परिषद्को ६७ औं वार्षिक समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री कोइरालाले शान्ति, स्थायीत्व र विकासको लागी संविधान निर्माण गरेर कानुनी शासनको वाटोमा हिड्नु अनिवार्य भएको बताए ।

उनले सहमति,सहकार्य र एकतावाट राष्ट्रिय समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको धारणा राखे । छिमेकीसंगको भाइचार सम्वन्ध र सहकार्य नेपालको परराष्ट्र नितिको प्राथमिकता भएको भन्दै प्रधानमन्त्री कोइरालाले क्षेत्रीय शान्ति, सुरक्षा र विकासमा जोड दिनुपर्ने बताए ।

समारोहमा अर्थमन्त्री डाक्टर रामशरण महतले संविधान निर्माण नेपालको प्रमुख राष्ट्रिय एजेण्डा भएपनि देशको आर्थिक एजेण्डालाई पनि संगसंगै लिनुपर्ने धारणा राखे ।

समारोहमा परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डेले मित्र राष्ट्र सहित विश्व समुदायसंगको सम्वन्धलाई नेपालले प्राथमिकतामा राखेको बताए ।

सम्बन्धित खबरहरु