Renu-Deviकाठमाडौं । भारतीय जनता पार्टीकी उपाध्यक्ष रेणुदेवी पछिल्लो समय दिएको अभिव्यक्ति भारत सरकारको आधिकारिक धारणा नभएको भारतीय दूतावासले प्रष्ट पारेको छ ।

रेणुदेवीले नेपाललाई हिन्दू राज्य कायम गर्नुपर्ने र जातीय आधारमा राज्य पुनसंरचना गरे नेपाल टुक्राहुने भनी दिएको अभिव्यक्ति भारत सरकारको आधिकारिक धारणा नभएको दूतावासले जनाएको हो ।

रेणुदेवीले मंगलवार रिपोर्टर्स क्लबको साक्षातकारमा जातीय संघियताले देश टुक्रने भन्दै हिन्दू राज्य कायम हुने पर्ने बताएकि थिइन् । उक्त भनाईबारे सञ्चार माध्यममा आएका खवर वारे आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।

दूतावासले यस्ता अभिव्यक्तिहरु व्यक्तिको भएको भन्दै भारत सरकारको यसबारेको आधिकारीक धारणा नभएको स्पष्ट भएको छ ।

उसले ‘उञ्चार माध्यममा उल्लेख भएका वक्तव्यहरु श्रीमती रेणुदेवीका आफ्ना बिचारहरु भएकाले त्यसले भारत सरकारको नीति प्रतिबिम्बित गर्दैन ’ भनेको छ ।

सम्बन्धित खबरहरु