gyanendra-shahकाठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन राजनीतिक दलहरु र आफूबीच भएको गोप्य सहमतिबारे दलहरुलाई स्मरण गराएका छन् ।

६५ औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिदै शाहले यस्तो दलहरु संगको गोप्य सहमतिको खुलासा मात्र गरेनन् पुरा गर्न माग समेत गरे ।

उनले भनेका छन् ‘तत्कालिन राजनीतिक दलहरु र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवम् व्यवस्थापकीय गतिविधि भएका थिए, तीनको स्मरण गराउन चाहान्छु’ ।

तर सन्देशमा के कस्ता सहमति र समझदारी भएका थिए भन्ने खुलाइएको छैन ।

प्रजातन्त्र दिवसको शुभकामना दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्ण रुपको संविधान आइ मुलुक स्थिर बन्नु पर्नेमा जोड दिएका छन् उनले ६४ बरष पूर्व जनता र राजाको प्रयासमा नेपालमा प्रजातन्त्र आएको समेत उल्लेख गरेका छन् ।

उनले दलहरुलाई झगडा भन्दा पनि राष्ट्रिय धर्मका साथ अघि बढ्न सल्लाह दिएका छन् ।

सम्बन्धित खबरहरु