chelsea vs psgएजेन्सी । युएफा च्याम्पीयन्स लिगको प्रिक्वाटर फाइनलका दुबै खेल बराबरीमा रोकीएका छन् । मंगलबार राति भएका दुवै खेल बराबरीमा सकीएको हो ।

युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा मंगलबार रातिबाट नकआउट चरणका खेलहरु सुरु भएका थिए । इग्लिस लिग लिडर चेल्सी र जर्मन लिग लिडर वार्यन म्यनिखले आ आफ्नो खेल बराबरिमा सकेका हुन् ।

चेल्सीले अवे खेलमा पेरिस सेन्ट जर्मन संग १–१ को बराबरि खेल्यो । चेल्सीले खेलमा ब्रानिस्लाभ इब्रानोभिचको गोलबाट अग्रता लिएपनि पीएसजीका काभानीले गोल फर्काउदै पाहुना टोलीलाई जित निकाल्बाट रोके ।

त्यस्तै अर्को खेलमा शख्तर डोनेट्स्कले जर्मनीको वायर्न म्युनिखलाई गोलरहित बराबरिमा रोकेको छ । युक्रेनी क्लब डोनेट्सको घरेलु मैदानमा भएको खेलमा म्युनिखका जावी ओलोन्सो दुई पहेलो कार्ड खादै बाहिरिदा म्युनिख १० खेलाडिमा सिमित हुन पुगेको थियो ।

सम्बन्धित खबरहरु