जापानमा ‘प्रथम मैत्रीपूर्ण रनिङ कप भलिवल प्रतियोगता’ हुँदै (खेलका नियम सहित)

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ६ फाल्गुण, २०७१

Galkot-Sports-Club-Japan-443x433जापान । गल्कोट स्पोर्टस क्लब टोकीयोको आयोजनामा अप्रिल ८ मा ‘प्रथम मैत्रीपूर्ण रनिङ कप भलिवल प्रतियोगता’ सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा भाग लिन चाहने संघ संस्था वा समुहले आफ्नो टीम सहितको नामावली टिपाउन पनि आयोजकले आग्रह गरेको छ । अप्रिल ८ मा हुने प्रतियोगितामा टिम दर्ता गराउँदा राखिएका खेलाडीलाई मात्र खेलाउन पाइने छ ।

प्रत्येक टिममा एक म्यानेजर र एक क्याप्टेन सहित ७ खेलाडी राख्नुपर्ने छ । प्रतियोगितामा भाग लिन चाहने टिमले मार्च १५ भित्र आफ्नो समुह दर्ता गराईसक्नुपर्ने आयोजकले जनाएको छ ।

खेलमा युनिफम (हाफ पेन्ट, गन्जी र जुत्ता) सहित उपस्थित हुनुपर्ने आयोजकले जनाएको छ । दर्ता भैका टोलिका आधारमा गोलापर्था घारा समुह विभाजन गरिने र रेफ्रि पनि नेपाली नै रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता केक्यु कामाता स्टेशनबाट दुई मिनेट भित्र रहेको टोकीयो तो ओताकु कु हिगाशी कामाता १–११–१ मा हुने आयोजकले जनाएको छ । आफ्नो टिम दर्ता गराउन चाहनेहरुले ०७० १५२३ २७०० मा सम्पर्क गर्न पनि आयोजकले आग्रह गरेको छ ।

खेलका नियमहरु (टिम दर्ता गर्न चाहानेहरुको लागि मात्र)
१.खेलमा टिम दर्ता गर्दा उल्लेख गरिएका खेलाडीहरु बाहेक अरु सहभागी गराउन पाईने छैन ।

२.प्रत्येक टिममा १ म्यानेजर, १ क्याप्टेन र ७ खेलाडी रहनेछन् ।

३. टिम दर्ता मार्च १५ भित्र गरिसक्नु पर्नेछ । दर्ता शुल्क ३० हजार ऐन मात्र ।

४.युनिफर्म (गञ्जी, हाफ पेन्ट र स्पोर्टस जुत्ता) र अन्य आवश्यक सामाग्रीहरु सम्बन्धित टिमलेनै गर्नुपर्नेछ, युनिर्फम सहितका खेलाडी मात्र खेलमा सहभागि हुन पाउने छन् ।

५. दर्ता भएको टिमको आधारमा गोला प्रथाद्वारा प्रतिस्पर्धात्मक टाईसिट निर्धारण्ँ गरिनेछ ।

६. खेलाडीहरु निर्धारित समयमै उपस्थीत हुनुपर्नेछ ।

७. रेफ्री नेपाली नै रहने व्यवस्था गरिएको छ ।
८. खेलमा कुनै विवाद उत्पन्न भएको खण्डमा आयोजकले लिने निर्र्णयनै अन्तिम निर्णय हुनेछ ।

आयोजक
गल्कोट स्पोर्टस् क्लव, टोकियो

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७