rapedकाठमाडौं । दुबईमा एक नेपाली युवामाथि बलात्कार भएको छ । बलात्कारको अभियोगमा एक पाकिस्तानी नागरिकलाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।

रक्सी खाएर आएका ३१ वर्षीय ति पाकिस्तानीले एउटै कोठामा सँगै बस्दै आएका २२ वर्षीय नेपाली युवकमाथि बलात्कार गरेका हुन् । बलात्कारको बारेमा सुरक्षागार्डलाई खबर गरेपछि प्रहरी आएको थियो ।

अदालत समक्ष ति पाकिस्तानी नागरिकले आफू मदिराको मातमा लठ्ठिएका कारण बलात्कारबारे आफूलाई केही थाहा नभएको बयान दिएका थिए । परीक्षणबाट नेपाली युवक र उनीबीच शारीरिक सम्पर्क भएको पुष्टि भएको थियो ।

दुबईमा सरसफाईमा काम गर्ने ति पाकिस्तानीलाई ५ वर्षको जेल सजायपछि घर फर्काउन आदेश दिएका छन् ।

सम्बन्धित खबरहरु